कालिकामा मोटरसाईकल किनेका ३ जनालाई ३ लाख उपहार

कार्तिक ९, चितवन ।  कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गरेका तीन जनाले ३ लाख रुपैया उपहार पाएका छन् । यामाहाको यामाहा भिक्ट्री  योजना अर्न्तगत दशैँ, तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकहरुबाट स्क्रयाच कार्ड मार्फत तीन जनालाई एक लाखका दरले उपहार परेको हो ।  

पूर्वी चितवनमा कालिका मोटरसाईकल पार्टसले यामाहा कम्पनीको मोटरसाईकल तथा स्कुटर विक्री गर्दै आएको छ । स्क्रयाच कार्ड मार्फत रु ७००० देखि १ लाख सम्म नगद उपहार योजना थियो । कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गरेका मध्ये नारायण प्रसाद तिमल्सीना, दिपेन्द्र चौधरी र डिल्लीराम पौडेललाई एक एक लाख रुपैया उपहार परेको पार्टसका प्रवन्धक निर्देशक उत्तम अधिकारीले जानकारी दिए ।  

उपहार परेकाहरुलाई कालिका मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारी, खैरहनी चेम्बर अफ कर्मशका अध्यक्ष प्रकाश श्रेष्ठ, एम.ए डव्लू इन्टरप्राइजेजका क्षेत्रीय सेल्स हेड राम बोगटी ,कालिका यामाहा कोषकी निरिक्षक सुजाता खनाल लगाएतको उपस्थितीमा एक लाख वरावरको चेक हस्तान्तरण गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *