धरानमा छुरा प्रहार गरी गम्भिर घाइते बनाउने ३ पक्राउ

कार्तिक ४, धरान । धरानमा छुरा प्रहार गरी घाईते बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिका १७ टेम्के मार्गमा टेम्पोको भाडाको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको आरोपमा धरान १० का २४ बर्षीय समी राई, धरान १८ का २७ बर्षीय तुलबहादुर राई र धरान ११ का १८ बर्षीय अबिराज राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार आईतबार साँझ ५ बजे स्थानिय लोकेन्द्र राई, सइन्द्र राई र पक्राउ परेकाबीच टेम्पोको भाडाको बिषयमा विवाद हुँदा आरोपीले लोकेन्द्रलाई  ढाड र टाउकोमा छुराले प्रहार गरी सख्त घाईते बनाएका थिए । 

Image result for छुरा प्रहार

पक्राउ परेकालाई कारवाहीको लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *