यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरा राजीनामा दिँदै

असोज १४, काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन् ।   

उनीमाथी संसद सचिवालयकै महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेकाे आरोप लागेपछी सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको हो । 

यस घटना सम्बन्धी मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सुवाष नेम्वाङ सहितको उपस्थितीमा बसेको बैठकमा यस्तो सुझाव दिईएको थियो । 

यौन दुर्व्यवहारमा परेकी  भनिएकी ती महिलाले आईतबार साँझ सभामुख महराले मदिरा सेवन गरेर आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । तर महराले भने ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गर्दै आफू आईतबार साँझ घरमै रहेको दावी गरेका छन् ।   

यसै घटना सम्बन्धमा सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले सोमबार राती एक विज्ञप्ती जारी गरेको छ । जसमा भनिएको छ । ‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।   

सभामुख महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उनी त्यसपछि अन्यत्र कहीँ नगएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *