नेपालमा नयाँ फोन भित्र्याउने ओपोको तयारी

असोज १५, काठमाडौं । ओपोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओपोले यो पटक भने रेनो टू सिरिज अन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने सम्भावना प्रबल देखिएको हो ।   

कम्पनीले भारतिय बजारमा पछिल्लो महिना रेनो टू सिरिज अन्तर्गतका फोनहरु सार्वजनिक गरिसकेको छ । यसैका आधारमा उक्त फोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना प्रबल देखिएको हो ।   

रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् । ती मध्य सबै वा छानिएका उपकरणहरु मध्य कुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै दिइने कम्पनीले बताएको छ । 

रेनोको नयाँ सिरिजले प्रयोगकर्ताका श्रीजनसिलतालाई नयाँ आयाम दिने प्रयास गरेको छ । ओपोको सफल, रेनो सिरिज अन्तर्गतको नयाँ संस्करणमा कम्पनीले फोटोग्राफीमा थप सुदृढिकरणका लागि ४८एमपी क्वाड क्यामेरा सेटअप, २०एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियो लगायत फिचर्सहरु उपलब्ध गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =