चन्द्रागिरिमा रहेको चक्लेट गोदाममा छापा: ४ हजार चक्लेटमा शिलबन्दी

असाेज १६, काठमाडाैँ । काठमाडाैँकाे चन्द्रागिरि १० मा रहेको चक्लेट गोदाममा  जिल्ला प्रशासनको बजार अनुगमनले छापा मारेकाे छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडाैँ, बजार अनुगमन शाखा, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग, गुणस्तरिय तथा नापतौल बिभागको कार्यालयले चन्द्रागिरिमा रहेको चक्कलेट गोदाममा छापा मारेको हो । 

जिल्ला प्रसाशन कार्यालय काठमाडाैँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा म्याद नाघेको र गुणस्तरहिन चक्लेटहरु फेला पारेपछी चक्लेट गोदाममा शिलबन्दी गरिएको हाे । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले  बिनित अग्रवालले सञ्चालन गरेको सुयस ईन्टरनेश्नल प्रा.लिमा म्याद गुज्रिएका, डवल स्टिकर टाँस गरिएका र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने चक्कलेट गोदाममा छापामारी शिलबन्दी गरिएको बताए । 

चोकाेचोकाे, कोपिको ब्राण्डका म्याद नाघेका ४ हजार कार्टुन चक्कलेट गोदाम भित्र बिक्रीको लागि बजारमा पठाउने तयारी भईरहेको सूचनाको आधारमा टोलीले छापा मारेको थियो । 

गृह मन्त्रालयले अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहिन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानून अनुसार कारवाही गर्ने सूचना निकालेर  चेतावनी दिएको थियो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *