गुणस्तर परीक्षणका लागि पठाएको एक किलोभन्दा बढी सुन गायब
२०७६ असोज २९ गते

असोज २९, काठमाडौँ । गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।
सुनचाँदी व्यवसायी महा संघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।
संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । ‘२०६९ यता उपत्यकामा मात्रै करिब ४० पसलमा अनुगमन भयो । उपत्यकाका बाहिरसहित १ सय पसलबाट नमुना संकलन भएको छ ।’ शाक्यले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
null
२०७६ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








