दुई बस एक आपसमा ठोक्किँदा २२ घाइते

कार्तिक ५, दाङ । दाङमा   दुई वस एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ । उक्त बस दुर्घटना हुँदा बसमा सवार २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।   

घाइतेहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरीका अनुसार दाङको घोराही  उपमहानगरपालिका–३ बर्गदुवाचोकमा घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु१ख ९६७९ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।   

Related image

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *