घरघरमा पुगेर राप्तीले गर्यो वृद्धवृद्धाको सम्मान

असोज १४, चितवन । २९ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसर पारेर चितवनको राप्ती नगरपालिकाले नगर भित्रका एक सय वर्षमाथी वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । 

दिवसको अवसरमा मंगलवार नगरपालिकाले उनीहरुको घरघरमा पुगेर सम्मान गरेको हो । नगरपालिकाका प्रमुख प्रभा वरालको नेतृत्वमा वृद्धवृद्धाहरुको घरघरमा पुगेर हरलिक्स,फलफुल, टेक्ने लठ्ठी, व्लाङकेटसहित नगद २ हजारका दरले उनीहरुलाई सम्मान गरिएको थियो । राप्ती १ का मानवहादुर थिङ, १ कै मैया गुरुङ,वडा नम्वर २ की तेजकुमारी वरुवाल,वडा नम्वर ३ का इन्द्रकुमार ओली, वडा नम्वरकी सिता श्रेष्ठ, वडा नम्वर ७ की पात्कुरे तामाङ र पृथ्वीमान पुनलाई सम्मान गरिएको थियो । 

त्यस्तै वडा नम्वर ८ का हरि पुन मगर,वडा नम्वर ९ की लुरी मगर, वडा नम्वर ११ की देवकन्या तामाङ,धनमाया सिन्तान,मनमाया तामाङ र सुनकन्या बल्बालाई सम्मान गरिएको नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख सुरक्षा पहारीले जानकारी दिईन् । साथै उनीहरुको स्वास्थ्य परिक्षण स्वरुप भण्डार अस्पतालका डाक्टर गोपाल खरेलले प्रेसर जाँच समेत गरेका थिए । जेष्ठ नागरीकलाई सम्मान गर्दै राप्ती नगरपालिका प्रमुख प्रभा वरालले एक सय वर्ष सम्म आफ्ना अभिभावकलाई पालनपोषण गर्नु सकारात्मक रहेको भन्दै धन्यवाद दिईन् ।  

कतिपयले आफ्ना अभिभावकलाई हेलत्व गर्ने संस्कृतिको विकास भएको छ नगर प्रमुख बरालले भनिन् – नगरपालिकाको यो कार्यक्रमले अभिभावककलाई सम्मान गर्न जिम्मेवार बनाउन सन्देश दिन्छ । राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले नगर भित्र लामो समय सम्म जिवन्त रहेकालाई सम्मान गर्ने र संरक्षण गर्ने दायित्व रहेको भन्दै उनीहरुको सम्मान गरिएको बताए ।  

जेष्ठ नागरीक सम्मानका लागि जिल्ला समन्वय समिति चितवनकी सदस्य गुनु विक,नगरपालिकाका प्रमुख,उप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई, वडाध्यक्षहरु सुमिता डल्लाकोटी, वुद्धीराज थपलिया, देवेन्द्र लामा, कार्यपालिका सदस्यहरु पुष्पा केसी, दिलकुमार थिङ,आईतीदेवी दराई,कविता राई लगायत वडासदस्यहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *