‘परिवर्तनको अनुभूत नभए परिवर्तनकर्ता नै अफ्टेरोमा पर्छन्’ पूर्वराजा ज्ञानेन्द्र

कात्तिक १३, काठमाडौं । जनतालाई अनुभूत हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् ।   

हिजो भाइटिकाको दिन बहिनी शोभा राज्यलक्ष्मी शाहबाट टीका प्रसाद ग्रहण गर्दै सञ्चारकर्मीसँग बोल्दै पूर्वराजा ज्ञानेन्द्रले उक्त चेतावनी दिएका बताएका हुन् ।   

उनले कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै आम जनताले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताए । ‘कुनैपनि ब्यवस्था परिवर्तन भएपछि त्यसबाट सर्वसाधारणले प्रगति र विकास भएको हेर्न चाहन्छन्, उक्त ब्यवस्थाले जनताको चाहना र आकांक्षालाई संवोधन गर्न सकेन भने परिवर्तनकर्ता शक्तिहरु नै अफ्टेरोमा पर्न सक्ने अवस्था आउँछ ।’ शाहले भने ।   

पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने परिवर्तनको कुनै अर्थ नहुने पनि जिकिर गरे ।   

‘जुनसुकै परिवर्तन हुँदा दुईटा महत्वपूर्ण कुरा हुुनुपर्छ, एउटा प्रगति अर्को विकास, यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’ उनले भने ।   

लक्ष्मी पूजाको दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटालार्ई सम्झिएको स्मरण गर्दै उनले भने, ‘अरुको सुःखका लागि आफैंलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *