जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

असोज २०, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना भएको छ । उक्त जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने, ६ जना घाइते छन् । 

मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । 

दुर्घटनापछि प्रहरीसँग बयानका क्रममा चालकले ‘ब्रेक फेल’ हुँदा घटना भएको बताएका छन् । अन्य विवरण आइसकेको छैन ।   

Image result for दुर्घटना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *