ललाई फकाई बलात्कार गर्ने दुई पक्राउ

कार्तिक ५, काठमाडौँ । ललितपुर एक क्याफेमा  किशोरीलाई ललाई फकाई बलात्कार गरेको आरोपमा दुई  युवालाई प्रहरीले पक्राउ गरेको छ । 

ललितपुरको  गोदावरीबाट प्रहरीले बलात्कारको आरोपमा गोदावरी नगरपालिका-५ लेले घर भएका २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका-३ गोटीखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ पक्राउ गरिएका प्रहरीले जनाएको छ ।   

पक्राउ परेका ती युवामाथी १६ वर्षिय किशोरीलाई ललाई फकाई गोदावरी नगरपालिका -१४ ठैबस्थित वेलकम क्याफे लगि जबरजस्ती  करणी गरेको आरोप छ ।  हाल ती दुई माथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *