यस कारण बच्चाहरूलाई हजुरबुबा/आमाको साथकाे आवश्यक

कार्तिक ४ ।  नेपाली समाजमा आजकल विवाहलगत्तै घरपरिवारसँग छुट्टिएर एक्लै शहरमा बस्नेहरुको संख्या उल्लेखनीये मात्रामा पाइन्छ । एकल परिवारको केही फाइदा भएता पनि नोक्सानी समेत धेरै छन् । 

 कुनैपनि बच्चाले स्कूलमा सिक्ने भन्दा कैयौं गुणा ज्ञान परिवारमा हजुरबुबा/आमा बिना अरुबाट प्राप्त गर्न गाह्रो छ । यस्ता छन् बच्चाहरुलाई आफ्ना हजुरबुबा/आमासँगै राख्दा पुग्ने फाइदाहरु: 

बच्चाहरुको रोल मोडल 

Related image

बच्चाहरुका लागि हजुरबुबा/आमा नै रोलमोडलको रुपमा रहेका हुन्छन् । त्यसैले बच्चाहरुलाई सही दिशा दिनको लागि पनि यो उमेर बच्चालाई हजुरबुबाहरुसँग राख्नुपर्छ । 

राम्रो रेखदेख 

आफ्ना आमाबुबाहरुले आफ्नो व्यक्तिगत कामले गर्दा आफ्नो बच्चाको ख्याल राख्न भ्याउँदैनन् । त्यस्तो अवस्थामा हजुरबुबा/आमासँग राख्दा बच्चाहरुको राम्रो रेखदेख हुनुका साथै धेरै नयाँ कुरा समेत सिक्न पाइन्छ । 

खेल्न र सिक्नका लागि 

बच्चाहरुले उमेरमा पाका मानिसहरुले अनुभव गरेका धेरै कुराहरु सिक्न पाउँछन् । यसबाट बच्चाहरुलाई सानै उमेरदेखि व्यवहारिक बनाउँदै लैजान मद्दत गर्दछ । 

सहयोगको भावना 

बुढेशकाल लागिसकेका हजुरबुबा/आमाहरुसँग खेल्ने क्रममा बच्चाहरुले उनीहरुको धेरै सहयोग गर्नु परिरहेको हुन्छ । जसका कारण झर्काे नमानी अरुलाई सहयोग गर्ने भावनाको विकास हुन्छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *