विराटनगरमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम

असोज १६, विराटनगर । विराटनगरको मुनालपथमा सूपेरियर मोटर्स, सूपेरियर ग्रुपले शोरुम सञ्चालनमा ल्याएको छ ।   

शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालमा पियाजिमयोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक विक्रेता एम भी दुगड गु्रप अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्सले सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन पञ्चकन्या र भेस्पा र अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले गरेका थिए ।   

 विराटनगरमा भेस्पा र अप्रिलियाको शोरुम आए सँगै विक्रि भएका ४१ वटा स्कुटरका ग्राहकलाई चावि हस्तान्तरण गरेको कम्पनीका हेड अफ  अपरेशन विजय महतोले जानकारी दिएका छन् । ‘हामी नेपालमा आक्रमक ढंगले यसको बजार बिस्तार गर्दैछौं ।’ उनले भने ।   

सवारी साधन प्रयोग गर्ने ग्राहकलाई उच्चस्तरिय सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त कम्पनीको छ । भेस्पा र अप्रिलिया उच्चस्तरिय इटालियन टेक्नोलोजीबाट निर्मित आकर्षक ग्राफिक्स उपलब्ध छ ।   

अप्रिलियाको स्कुटी २ लाख २४ हजार ९ सय रूपैयाँदेखि २ लाख ९३ हजार ९ सय रूपैयाँसम्मका छन् । त्यस्तै भेस्पाको २ लाख ५९ हजार ९ सय ४६ रूपैयाँदेखि ३ लाख ९५ हजार ९ सय ४६ रूपैयाँसम्मको मुल्य रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *