यस्तो छ आजबाट तीन दिनको मौसम, पहाडी भूभागमा हल्का वर्षा हुनसक्छ

असोज २८, काठमाडौं । आज देशका पहाडी भूभागमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको भन्दै पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले मंगलबार (आज) दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अपराह्नपछि पहाडी भुभागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । तर, देशका बाँकी भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
बुधबार दिउँसो पहाडी भागमा आंशिक बदली रहने र अपराह्नपछि पहाडी भुभागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । बाँकी भागमा मौसम सफा रहने छ । बुधबार राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
null
बिहीबार दिउँसो पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भागमा आंशिक बदली रहने तथा अपराह्नपछि मध्य र पश्चिमी पहाडी भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । बाँकी भागमा मौसम सफा रहनेछ ।









