महराको बचाउमा रोशनी शाहीले प्रहरीमा हालिन् निवेदन

असोज १५, काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेका कृष्णबहादुर महराको बचाउ गर्दै पीडित भनिएकी रोशनी शाहीले प्रहरीमा निवेदन दर्ता गरेकी छिन् ।  एक उच्च स्रोतका अनुसार महराको बचाउ गर्दै शाहीले महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवेदन दर्ता गराएकी हुन् । 

आफू डिप्रेशनको विरामी भएको र मानसिक समस्याका कारण आफूले के गरेको भन्ने समेत थाहा नभएको भनि निवेदन पेश गरिएको स्रोतको दावी छ । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।   

मिडियामा आएको जस्तो समाचारप्रति कुनै सत्यता नरहेको समेत प्रहरीमा दिइएको निवेदनमा उल्लेख छ ।   

Image result for राेशनी शाही सभामुख महरा

महराले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष छानबिन प्रक्रियालाई सघाउने भन्दै मंगलबार पदबाट राजीनामा दिएका थिए। महराले  ‘दोस्रो राजीनामा’ पत्र समेत बुझाइसेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ । उनको राजीनामासँगै  हाललाई सभामुखको पद रिक्त भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =