नागढुङ्गाबाट लागुऔषध सहित ४ पक्राउ

कात्तिक, १०, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी २ स्थित चेक प्वाईन्टमा काँकडभित्ता बाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ७७३० नम्बरको बसबाट दुई जना र एकलाई चन्द्रागिरी नपा १५ ढुंगेअड्डाबाट पक्राउ गरिएको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाले जिल्ला उदयपुर त्रियुगा न.पा ११ घर हुुने वर्ष २४ को लक्ष्मण तामाङ्ग र सोही वसमा आएका जिल्ला मोरङ्ग कानेपोखरी गाउँपालिका वडा नं. ५ घर हुुने वर्ष २४ को प्रकाश मगरलाई पक्राउ गरेको बताए । उनीहरुलाई  पक्राउ गरे पश्चात सोधपुछ गर्ने क्रममा मगरले बरामद लागु औषध जिल्ला भक्तपुर भक्तपुर न.पा वडा नं. ४ घर हुने वर्ष २६ को ईन्द्र बहादुर कपालिले मगाएको हुँदा ईन्द्र बहादुर कपालिको खोजतलास गर्दै जाने क्रममा चन्द्रागिरी नपा १५ ढुंगेअड्डा स्थित लक्ष्मण तामाङ्गको झोलाबाट बरामद लागु औषध लिन आई सडक छेउमा कुरीरहेको अवस्थामा ईन्द्र बहादुर कपालि पक्राउ गरिएको थियो । 

त्यस्तै डिएसपी थापाका अनुसार उनीहरुको साथबाट लागु औषध नाईट्राभेट ५५४ ट्याब्लेट र ४ क्याप्सुल स्पास पोक्रन बरामद भएको छ ।   

त्यस्तै बुटवलबाट काठमाडौं तर्फ आउँदै गरेको लु २ ख ३८९ नम्बरको बस चेक जाँच गरी सोही बसमा जिल्ला काभ्रे पनौति नगरपालिका वडा नं. १० घर हुुने वर्ष २४ को रविन थापालाई लागु औषध फेनारगन १४५ एम्पल, डाईजेपाम १२० एम्पल र नुफिन ९६ एम्पल सहित पक्राउ गरिएको छ । 

महानगरीय प्रहरी बृत्त थानकोटले पक्राउ परेका विरुद्ध लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्धा चलाईने जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *