चितवनमा कृषि तथा पशुपन्छी तालिम केन्द्र बन्ने

कार्तिक ५, चितवन । चितवनको राप्ती नगरपालिकामा आवास गृह सहित निर्माण हुन लागेको कृषि तथा पशुपन्छी तालिम केन्द्रको मंगलबार शिलन्यास गरिएको छ ।  

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय तीन नम्बर प्रदेशले चितवनको राप्तीमा तालिम केन्द्र निर्माण गर्दै छ ।  मंगलबार भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उत्त तालिम केन्द्रको शिलन्यास गरे ।  

आगमी १५ महिना भित्र सक्ने गरि निर्माण हुन लागेको उत्त तालिम केन्द्र ८ करोड ७१ लख बराबर रुपैयामा निर्माण हुने । तालिम केन्द्रमा तीन वटा छुट्टा छुट्टै भवन निर्माण गरिने छ ।  

तीन नम्बर प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि निर्माण हुन लागेको तालिम केन्द्रले कृषि क्षेत्रका समस्यालाई समाधानमा टेवा पुग्ने मन्त्री लामाले बताए । आधुनिक प्रबिधिमा निर्माण हुने उत्त तालिम केन्द्रको निर्माणको जिम्मा किरातेश्वर कन्ट्रकशन एण्ड ड्रिलिङ कम्पनीले जिम्मा पाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *