फ्राइडे रिलिजमा पूजाको ‘पोई पर्यो काले’

कार्तिक ९, काठमाडौँ । फ्राइडे रिलिजमा आजबाट देशर सौगात मल्ल र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र  ‘पोई पर्यो काले’ प्रदर्शनमा आएको छ । 

हरेक हप्ताको शुक्रबार  नेपाली दुई वा तीन चलचित्र जुध्दैँ आईरहेको अवस्थामा  ‘पोई पर्यो काले’ले भने एकल भएर आउने अवसर पाएको छ । एकल भएर आएपनी यस चलचित्रले आज नै रिलिज हुने दुई बलिउड सिनेमा ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ सँग भिड्नु पर्नेछ । 

बलिउडका चलिचत्रकाे कारण मल्टिप्लेक्समा निकै न्युन शो पाएको यस चलचित्रले यस अघी नै हलमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कैु, ‘जोकर’ तथा ‘मालिफिसेन्टः मिस्ट्रेस अफ इभिल’ सँग पनि  सामाना गर्नु पर्नेछ ।   

Image result for ‘पोई पर्यो काले’

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार पारिएको यस चलचित्रमा सौगत र पूजासँगै आकाश श्रेष्ठ, पूजा शर्मा, सौगत मल्ल, सृष्टी श्रेष्ठ, राजाराम पौडेल लगात कलाकारको मूख्य भूमिका रहेको छ । 

कमेडी र सामाजिक विषयबस्तुमा तयार पारिएको यस चलचित्रमा एउटा कालो बर्णको केटा मन नपराउने एक युवतीबारेमा देखाईएको छ ।   

दिपक मनाङ्गे र सरोज नेपालीको लगानी रहेको यस चलचित्रको क्यामेरामेन भने शिव ढकाल रहेका छन् ।  चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *