विराटनगर आँखा अस्पताल दृष्टिविहिनहरुको साहारा बन्दै

कात्तिक ७, विराटनगर । विराटनगर १३ स्थित रानीमा रहेको विराटनगर आँखा अस्पताल दृष्टिविहिनहरुको दरिलो साहारा बन्दै आइरहेको छ ।   

विराटनगर आँखा अस्पतालमा ६० प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गर्दछन् भने सोहि मात्रामा भारत, बंगलादेश, भुटान लगयतका देशहरुबाट आँखाका बिरामीहरु आउने गरेको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम निर्देशक डा. संजय सिंले बताए ।   

उनका अनुसार २००६ बाट २० शैयाबाट सुरु भएको आँखा अस्पताल अहिले ५०० शैयामा परिणत भएको छ । त्यस्तै २०१८ जनवरी देखि डिसेम्बर सम्म  ८० लाख ६३ हजार ओपिडि परिक्षण गरेको छ भने १० लाख ६७ हजारको शल्यक्रिया गरेको छ । २०२० सम्ममा १ करोड भन्दा बढी आँखा तथा कान रोगको उपचार गर्ने अस्पतालको योजना रहेको डा. सिंको भनाई छ ।   

विराटनगर आँखा अस्पतालले पछिल्लो समय देख्न सक्ने तर, दृष्टि कमजोर भएकाहरुका लागि रिफ्रयाक्टिभ सर्जरी उपचार पद्धती सुरुवात गरेको छ ।   

अस्पतालका अनुसार रिफ्रयाक्टिभ सर्जरी १५ सेकेन्डमा सम्पन्न हुन्छ । रिफ्रयाक्टिभ सर्जरीबाट विना चश्माको उपचार पद्धती हो। समय अनुसार प्रविधि परिवर्तन गर्दै रिफ्रयाक्टिभ शल्यक्रिया उपचार विधि आँखा अस्पतालमा भित्र्याएको सिंहको भनाई छ । 

यो प्रविधिमा आँखाको शल्यक्रिया लेजरको माध्यमबाट गरिनेछ। अस्पतालमा अत्याधुनिक प्रविधि रहेपनि आम जनमानसमा पुर्याउन नसक्दा अस्पतालको सेवा तथा प्रविधिबाट जनता विमुख हुनुपरेको आँखा अस्पतालका व्यवस्थापक अध्यक्ष तथा नेपाल नेत्र ज्योति संघका महासचिव श्याम पोख्रेलले बताए । ‘हामीसँग आँखा उपचारका लागि अत्याधुनिक उपचार पद्दति भएपनि प्रचारप्रसारको कमीले जनमानसमा पुर्याउन सकिरहेका छैनौं ।’ पोख्रेलले भने । 

आज सम्म नेपाल सरकारको आफ्नै आँखा अस्पताल नरहेको अवस्थामा विराटनगरमा व्यक्तिगत, संस्थागत लगानी गरेर आँखा अस्पताल सञ्चालनमा ल्याइरहँदा सरकारबाट कुनै पनि सहयोग नआएको पोखरेलको भनाइ छ । ‘राज्यले आफैं आँखा अस्पताल सञ्चालन गर्न नसकिरहेको अवस्थामा हामीले निजी लगानीबाट दिइरहेको सेवामा पनि सरकारी सुविधा पाइरहेका छैनौं ।’ पोखरेलले भने । 

आँखा अस्पतालले आँखा उपचारमा पुर्याउदै आइरहेको योगदान प्रशंसनीय रहेको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुले बताए । ‘निजी क्षेत्रबाट आँखा उपचारमा पुर्याएको योगदानको हामीले कदर गर्न आवश्यक छ, विराटनगर आँखा अस्पतालले पूर्व क्षेत्रका जनतालाई मात्र नभएर छिमेकी मुलुक भारतका जनतालाई पनि गुणस्तरीय सेवा प्रदान गरेको छ ।’ पराजुलीले भने ।   

उनले आँखा अस्पतालले आर्थिक पक्षलाई बलियो बनाए सगैँ विकास र समृद्धिको पक्षमा पनि राम्रो भूमिका खेलेको बताए । 

यस्ता कल्याणकारी कार्यमा संघीय सरकार, प्रदेश सरकार साथै  विराटनगर महानगरपालिका पनि सहकार्य गर्न तयार रहेको महानगरपालिका प्रमुख पराजुलीको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *