गाई काटेको आरोपमा तीन पक्राउ दुई फरार

असाेज १४ चितवन ।  पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् ।   

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।   

सोही क्रममा फरार रहेका दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भइरहेको बताए । रासस 

Image result for गाई काटेको आरोपमा तीन पक्राउ दुई फरार

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *