कांग्रेस पदाधिकारी बैठकको बेला किन देउवाले प्रधानमन्त्रीलाई फोन गरे ?

कार्तिक ५, काठमाडौँ । मंगलबार बिहान संवैधानिक परिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोन गरेका छन् ।   

मंगलबार बस्ने संवैधानिक परिषद् बैठकमा देउवाले उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई सत्ता र प्रतिपक्षको धारणा सहमतिमै बनाउनुपर्नेमा जोड दिनका लागि फोन गरेका हुन् ।   

सभापती देउवाले बूढानीलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक चलिराखेका बेला प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका हुन्। 

Image result for deuba call  with kp oli

द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउन सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नेतृत्व प्रदान गर्ने विषयमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित काँग्रेस सभापति देउवाबीच मंगलबार बैठक राखेका थिए ।   

सोही बैठकमा भएको छलफलबारे आफ्ना पदाधिकारीहरुलाई जानकारी गराउन सभापती देउवाले मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा बैठक राखेका थिए ।   

प्रधानमन्त्री र सभापती देउवाबीच फोनमा कुरा भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । उनले भने ‘सभापति र प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भयो।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *