मण्डवबाटै बेहुलाबेहुली सहित अन्य पक्राउ

असोज २९, सल्यान। सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेमा भईरहेको एक विवाह समारोहबाट बेहुलाबेहुली सहित ७ जना पक्राउ परेका छन् । 

बाल विवाहमा संलग्न भएको आरोपमा बेहुलाबेहुली, उनीहरुको आमाबुवा र पण्डित सहित ७ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । 

स्थानिय एउटै स्कुलमा कक्षा ७ र ८ मा पढ्दै गरेका ती बेहुलाबेहुलीले भागेर बिवाह गरेपछी उनीहरुका आमाबुवाले धर्म संस्कृति अनुसार बिवाह गर्न लाग्दा गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ । 

Related image

तर कानुन अनुसार  बिवाहको योग्य उमेर २० वर्ष तोकिएको छ भने २० वर्ष भन्दा तलको उमेरलाई बालविवाह मानिन्छ । यसरी २० वर्ष भन्दा कममा बिवाह गरेको पाईएमा कानुन अनुसार न्यूनतम डेढ वर्ष देखि तीन वर्ष कैद र १५ हजार देखि ३० हजार सम्म जरिवाना तोकिएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई हाल  जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर हिरासतमा राखिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *