शिक्षालाई विकास मुखी बनाउनकै लागि शिक्षामा लगानीको आवश्यक

कात्तिक ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक सामाजिक र राजनीतिक विकासका लागि शिक्षा नितीमा व्यापक सुधारको आवश्यकता रहेको औंल्याएका छन् ।   

राजधानीको चन्द्रागिरी १५ तिनथानमा आयोजित वडा अध्यक्ष शैक्षिक विकास कोषको दोश्रो वार्षिक उत्सव तथा साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षामा सोचे अनुरुपको बजेट पर्याप्त नभएको कारण शिक्षा नितीमा आमुल सुधार गर्न नसकिएको बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने–‘हामीले देशको शिक्षा प्रणालीलाई बैज्ञानिक तवरबाट आयआर्जन र विकासमुखी बनाउनकै लागि शिक्षामा लगानीको आवश्यक छ, देशको विकास र सुधार शिक्षाबाटै हुन्छ, नितीगत सुधार र बजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धितर्फ उन्मूख हुने निश्चित छ ।’ अध्यक्ष प्रचण्डले प्ररक प्रसंगमा बोल्दै तत्कालीन मालेले भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरे । 

विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहने भन्दै उनले एकतालाई रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको बताए । ७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उनले भने–‘हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन, सजिलै सोभियत संघजस्तै खतरा हुन्छ, नियोजित ढङगबाट प्रहार भएका छन् त्यसलाई रोक्ने क्षमता राख्नुपर्छ ।’ 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद कृष्णगोपाल श्रेष्ठले पछिल्लो समय आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै नरहेको बताए । तर, हामी आफैंले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौं भने विषय महत्वपुर्ण रहेको चर्चा गरे ।  

नेता श्रेष्ठले बर्तमान प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल एकै सिक्काका दुई पाटा भएका कारण उनीहरुबाटै देशको आर्थिक, राजनीतिक सामाजिक विकासमा कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरे । 

कार्यक्रममा चन्द्रागिरी नगरपालिका १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी लापरबाही या आत्मकेन्द्रित हुँदै त गएका छैनौं ?’ उनले प्रश्न गरे । राउतले कहिले–काहीँ क्रान्तिको केन्द्र ठीक ढंगले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताए । 

उनले प्रतिगामी खेल्ने ठाउँ देश बनेको भन्दै अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको र त्यसलाई आम जनताले पाखा लगाउन सक्ने तागत रहेको चेतावनी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *