युवती जिस्क्याएको निहुँमा मेलामा खुकुरी हान्ने पाँच पक्राउ

असोज २८, बाँके । मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

आइतबार राती उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते भएका थिए । 

घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना रहेका छन् । घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको छ । हाल फरार रहेका उक्त घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *