रत्ननगरमा बाल क्लवहरुलाई प्रशिक्षण सुरु

कार्तिक ४, चितवन ।  चितवनको रत्ननगर नगरपालिका भित्र रहेका बाल क्लवका प्रतिनिधीहरुका लागि सोमबारदेखी प्रशिक्षण सुरु भएको छ । 

रत्ननगर उद्योग वाणिज्य संघले संचालन गरिरहेको बाल संरक्षण तथा बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा दुई दिने प्रशिक्षण सुरु भएको हो । 

प्रशिक्षणको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका उपमेयर बिमला देवी दुवाडीले सन् २०१९ भित्र नगरलाई वालश्रम मुक्त बनाउने लक्ष्यलाई सार्थकता दिन बाल क्लवका प्रतिनिधीहरुको भूमिका महत्वपूर्ण हुने बताईन् ।  

साथै उपमेयर दुवाडीले विकास निर्माण लगायत अन्य क्षेत्रमा सहभागीताका लागि बालबालिकाहरु स्वयम सक्रिय हुने पर्नेमा जोड दिईन् । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर १० का वडाध्यक्ष केशव आचार्य, संघका उपाध्यक्ष रघुनाथ भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

मंगलवार सम्म चल्ने कार्यक्रममा दिपक शर्माले बाल अधिकार, बालश्रम मुक्त नगर बनाउनु खेल्नु पर्ने भूमिका आदि विषयमा प्रशिक्षण दिनेछन् । रत्ननगर नगरपालिकालाई सन् २०१९ भित्र वालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्य अनुरुप हाल सम्म ५ वटा वडालाई वालश्रम मुक्त वडा घोषणा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *