काठमाडौँबाट सालकको खपटा र बन्यजन्तुको छालासहित २ पक्राउ

कार्तिक ५, काठमाडौँ । काठमाडौँमा दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ बन्यजन्तुको छालासहित दुई जना पक्राउ परेका छन् ।   

बिशेष सूचनाका आधारमा काठमाडौँको ठमेलस्थित नरसिंह चोकबाट नाम खुल्न नसकेको बन्यजन्तुको छाला र १ किलो ४०० ग्राम सालकको खपटा सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याल रहेका छन् ।   

हाल उनीहरुलाई कारवाहीको लागि अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *