‘सुरुङमार्गको ताम्रपत्र चोरी भएको छैन’आयोजना प्रमुख

कात्तिक ९, काठमाडौं । नागढुङ्गा–सिस्नेखोला (दहचोक–सिस्नेखोला) सुरुङमार्गको शिलान्यास गरेको ताम्रपत्र चोरी नभएर सुरक्षित तवरले राखिएको पाईएको छ । 

शिलान्यास गरेको भोली पल्टै ताम्रपत्र नभएपछि चोरी भएको हल्ला भएपछि मदभेत सुरु भएको हो ।   

कार्तिक ४ गते सोमवार चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका थिए । 

सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले आयोजनालाई द्रुत गतिमा अगाडी वढाउनु पर्ने भएको कारण ताम्रपत्रलाई सुरुङमार्ग निमार्ण सम्पन्न पछि राख्नु पर्ने भएको कारण सुरक्षित साथ राखिएको बताए । ‘अहिलेलाई झिकिएको मात्र हो चोरी भएको होईन, पछि स्थान्तरण गर्नेछौं ।’ 

सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ । २.६८ किलोमिटर लामो सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *