धरानबाट इटहरी ल्याएर सडक छेउमै बलात्कारः तीन जना पक्राउ, दुई फरार

असोज १५, सुनसरी । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।   

सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । 

 सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

Image result for बलात्कार

इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । 

 धरानबाट को१ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।   

युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =