काठमाडौंँका मेयर शाक्य डेंगीबाट ग्रसित
२०७६ असोज १७ गते

असोज १७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरलाई डेंगी भएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी भएको हो । स्वास्थयमा समस्या देखिएपछी बिहिबार त्रिपरेश्वरस्थित ब्लुक्रस अस्पतालमा स्वास्थ्य चेकजाँच गराउँदा डेंगी भएको पुष्टी भएको हो ।
हाल मेयर शाक्य सोही अस्पतालमा भर्ना भई उपचारत रहेका छन् । यसअघी कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगी भएको थियो । उनले नि अस्पतालमा नै भर्ना भई उपचार गराएका थिए ।

काठमाण्डौ उपत्यकासहित देशका बिभिन्न स्थानमा डेंगीको संक्रमण फैलिएर यस वर्ष मात्र डेंगीबाट करिब सात जनाको मृत्यु भई सकेको छ ।
२०७६ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित









