नायक सुशिलको ‘बादशाह जुट’ यस्तो बन्यो (ट्रेलर सहित)

असोज १४, काठमाडौँ । नायक सुशिल श्रेष्ठद्वारा अभिनित चलचित्र  ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ ।   

३ मिनेट भन्दा लामो सार्वजनिक उक्त ट्रेलरमा चलचित्रकाे मुख्य पात्रको रुपमा सुशिल श्रेष्ठ र  अमिर गौतमलाई देखाईएको छ ।  ‘बादशाह जुट’को ट्रेलर हेर्दा लाग्छकी चलचित्रको विषय वस्तु  यी दुई कलाकारको बरिपरी भित्रै घुमेको छ ।     

एक्शन र कमेडी समेटिएर बनाईएको यस चलचित्रमा नायक सुशिलले एउटा पत्रकारको भूमिका निर्वाह गरेका छन् ।  चलचित्रमा सुशिल र अमितसँगै  रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । साथै नायिका प्रियंका कार्की गीतमा र विशेष भूमिकामा देखिएकी छिन् ।   

Image result for ‘बादशाह जुट’

जोनी सिंह राणाद्वारा निर्देशित यस चलचित्रमा अभिषेक कुमारको लेखन रहेको छ भने दिर्घ दिर्घ खड्काको सम्पादन रहेको छ ।  हर्क बहादुर कुवर र भोज राज श्रेष्ठको संयुक्त लगानी बनेको यस चलचित्रलाई  राजु कार्कीले खिचेका हुन् ।   

चलचित्रकाे प्रदर्शन मिति भने कात्तिक १५ गतेलाई तोकिएको छ ।   

ट्रेलर 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *