ललितपुरमा यौन दुर्व्यवहार गर्ने पक्राउ

असोज ३०, काठमाडौँ । ललितपुरको सातदोबाटोबाट २२ वर्षिय युवतीलाई यौन  दुर्व्यवहार  गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।   

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानिय घर कालीकोट खडाचक्र भई हाल ललितपुर महानगरिपालिका वडा नं १५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही रहेका छन् ।   

पक्राउ परेका शाही माथी असोज २७ गते राती ११ बजे चिया खान जाउ भन्दै २२ वर्षिय पिडित युवतीलाई  आफ्नो कोठामा लगी यौन  दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।   

Related image

महानगरिय प्रहरी वृत्त सातदोबाटोका अनुसार यौन  दुर्व्यवहारमा परेकी पिडित युवतीले प्रहरी समक्ष उनको बिरुद्धमा उजुरी दिएपछी याेे घटना सार्वजनिक भएकाे हाे । हाल पक्राउ परेको शाहीलाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *