काठमाडौँमा नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी

असोज १७, काठमाडौँ । गएराती काठमाडौँको एक घरमा रहेको नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी भएको छ । 

काठमाडौँको न्यूरोडस्थित  एक घरको पाँचौँ तल्लामा रहेको उक्त कारखानामा आगलागी भएको हो। 

रातको करिब ११ः३० काे समयमा लागेकाे उक्त  आगो  प्रहरी, सेना, तथा स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी जनसेवा वृत्तका डिएसपी वासुदेव खतिवडाले जानकारी दिएका छन् । 

आगलागीबाट के कती क्षती भयो बिबरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *