‘सक्किगोनी’ का जिग्री र पाँडे बिरुद्ध उजुरी दर्ता

कार्तिक ३, काठमाडौँ । नेपाल टेलिभिजनबाट  प्रशारण हुने हाँस्य टेलिश्रंखला ‘सक्किगोनी’को टिमबिरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।   

उनीहरुमाथी मिडिया हबले कपिराइटको उजुरी दर्ता गरेको ‘सक्किगोनी’का निर्देशक कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे) ले जानकारी दिएका छ ।   

भद्रगोलका पुराना कलाकार रहेको यस टिमले मिडिया हबसँग आर्थिक कारोबार नमिलेपछी भद्रगोलबाट छुटिएर टिम उही थिम उहीको साथमा नयाँ हाँस्य टेलिश्रंखला ‘सक्किगोनी’ निर्माण गरेका थिए र भद्रगोलमा भएकै क्यारेक्टरमा नै देखिएका थिए ।   

Image result for जिग्री र पाँडे

पुरानो भद्रगोलकै क्यारेक्टरमा ‘सक्किगोनी’मा भद्रगोल छाडेका टिम देखिएपछी यसले आफूलाई  अप्ठेरो परेकोले उजुरी दर्ता गरेको  मिडिया हबका प्रमुख सोमप्रसाद धितालले जानकारी दिएका छन् । 

धितालले  उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको तर पुरानो भद्रगोलको क्यारेक्टर ‘सक्किगोनी’मा प्रयोग गर्न रोकियोस भन्ने माग रहेको बताएका छन् । यस सम्बन्धमा  ‘सक्किगोनी’का निदेर्शक अर्जुन घिमिरे (पाँडे) ले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको भन्दै त्यसमा मिडिया हबले दावी गर्न नमिल्ने बताएका छन् ।  

पुरानो टिमले छोडेपछि भद्रगोललाइ दर्शकले त्यति  रुचाएका छैनन् भने भद्र्गोलकै पुराना टिमलाई ‘सक्किगोनी’ मार्फता फेरी देख्न पाउँदा दर्शक खुशी  भएर छोटो समयमै नै ‘सक्किगोनी’ले निकै लोकप्रियता कमाउन सफल भएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *