सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको शव भेटियो

बारा, १६ असोज । बाराको फेटा गाउँपालिका– ४ मा एकै घरका ५ जनाको शव सेफ्टी ट्यांकीभित्र भेटिएको छ । घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो ट्यांकीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ । 

मृत अवस्थामा फेला परेकामध्ये बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ । 

null

बुधबार राति ८ बजेतिर प्रहरीले घटनासम्बन्धी जानकारी पाए लगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएको छ । 

निर्माणाधीन पक्की घरको सेफ्टी ट्यांकीमा शवहरू भेटिएपछि  घटना रहस्यमय बनेको छ । उनीहरुको मृत्युको कारण थाहा हुन सकेको छैन । सेफ्टी ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुले निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप अनुसन्धानपछि खुल्ने देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *