जनकपुरमा गोली चल्दा एकको मृत्युः गोली हान्ने पक्राउ

कार्तिक ६, जनकपुर । बुधबार बिहान जनकपुरमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । 

जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली चल्दा गोली चल्दा ४० वर्षीय मनोज साहको मृत्यु भएको हो । उनलाई गोली प्रहार गर्ने स्थानिय शंकर चौधरीलाई पक्राउ गरि सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।   

मृतक साहको शव हाल जनकपुर अस्पतालमा राखिएको छ  । शाहलाई किन गोली प्रहार गरियो कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *