सीको भ्रमणले नेपाल–चीन सम्बन्ध दरिलो बनाउँछः पूर्वमन्त्री पाण्डे, नेपालले माग्ने भन्दापनि के सहकार्य हुनसक्छ सोच्नुपर्छः पूर्वमन्त्री थकाली

असोज २४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । रिपोर्टर्स क्लबमा आयोजित सात्क्षतकारमा बोल्दै उनले भने,‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुशीको कुरा हो ।’ 

चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनको संकेत छ । ‘हामी संविधान निर्माणमा धेरै व्यस्त रह्यौं । राजनीतिक अस्थिरता रह्यो । सबै दल ढिक्का भएर वर्तमान संविधान निर्माण गरेका छौं । अहिले राजनीतिक रुपमा नेपालमा स्थिरता आयो । यो कुरा पूरा विश्वले हेरको छ ।’ 

उनले सीको भ्रमणको लक्ष्य भनेको नै मित्रताको गाँठोलाई दरिलो बनाउने र सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने रहेको स्पष्ट पारे । ‘नेपाल र चीनबीच एक–आपसमा पारस्परिक लाभका आधारमा सम्बन्ध गर्नुपर्छ । भाषण गरेर सम्बन्ध सुदृढ हुँदैन । व्यवहारमा जानुपर्छ । हामीले चीनलाई के सहयोग गर्ने र चीनले के सहयोग गर्ने भन्ने कुरामा पारस्परिक लाभ हेर्नुपर्छ ।’ उनले भने । 

उनले आफूहरुलाई नेपालको विकास र समृद्धिलाई ध्यानमा राखेर अर्थतन्त्रलाई अगाडि बढाउन चाहेको पनि सुनाए । चिनियाँ प्रविधि नेपालमा कसरी लागु गर्न सक्छौं भन्नेबारे नेपालले सोच्नुपर्ने उनको भनाई छ । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा उसको प्रविधिको उपयोग गर्नुपर्छ । हाम्रा उत्पादन वस्तुहरुलाई चिनियाँ बजारमा कसरी पुर्ुयाउन सक्छौं भन्नेबारे सोच्नुपर्छ ।’ उनले भने । 

बिआरआई र आईपिएस विल्कुल भिन्न भएको उनको भनाई छ । ‘कन्टेन्ट हेर्नुपर्छ । दुईवटै कुरामा सैनिक रणनीति छ भने हामी स्विकार्दैनौं । कुटनीतिक रुपमा हामीले असंलग्न राष्ट्र, शान्तिकामी, बुद्धका नागरिक, हामी यो हतियारको राजनीतितिर हामी जान चाहँदैनौं भनेर भन्नुपर्छ ।’ पाण्डेले भने । 

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा रसुवा–काठमाडौको बाटो नम्बर एक प्राथमिकतामा परेको पनि उनले सुनाए । सीको यो भ्रमणमा रेलवे ल्याउनेबारे छलफल हुने र सहमति हुनेपनि उनले विश्वास दिलाए ।  नेपाल अब ल्याण्डलिंक्टमा जोडिने स्पष्ट पारे ।   

उनले भारत र चीनलाई फरक फरक आँखाले हेर्न नहुने पनि तर्क गरे । उनले भने,‘चिनियाँ राष्ट्रपतिको यो भ्रमण चीन र नेपाल दुवैको हितमा हुन्छ । आउने दिनमा विकास निर्माणका ढोकाहरु खुल्नेछन् ।’ भ्रमणको क्रममा के–के भाईवल हुन्छ, ती प्राथमिकताका आधारमा हस्ताक्षर हुनेपनि उनले जनाए ।   

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले चिनियाँ राष्ट्रपति सीलाई सम्पूर्ण नेपालीले स्वागत गर्न पाउनु ऐतिहाँसिक अवसरमात्रै नभएर यसले दुरगामी प्रभाव राख्ने स्पष्ट पारेका छन् । नेपालबाट पनि चीनमा उच्चतम तहका भ्रमणहरु भएको सुनाउँदै उनले भने,‘यसलाई एकप्रकारले भन्दा रेसिप्रोकल भन्दापनि चीनले महत्व दिएको अवस्था हो । नेपालले अंगीकार गरेको परराष्ट्र नीति असंलग्नता, शान्तिपूर्ण र पञ्चशीलको आधार नै हो । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समूदायसँग हामी जति सहकार्य गर्न सक्छौं, त्यति नै चाँडो हामीले राखेको लक्ष्यमा गन्तव्यमा पुग्न सक्छौं ।’ 

पूर्वमन्त्री थकालीले चीन तिब्बतसँग आफ्नो क्षेत्र जोडिएको सुनाउँदै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हेर्दा चिनियाँहरुले नेपाल र नेपालीहरुप्रति देखाएको सम्मान र सद्भाव भएको पनि तर्क गरे ।   

उनले चीन र नेपालको सम्बन्धको कुरा गर्दा पाँच सिद्धान्तमा आधारित रहेको सुनाउँदै आफूहरु त्यही सिद्धान्तबाट प्रेरित रहेर काम गरिरहेको पनि बताए । ‘हामीबीच एकाद केही कुराहरुमा झिनामसिना गुनासोहरु आए होलान् । ती आफ्नो ठाउँमा रहे होलान् । तर, सम्बन्धमा उतारचढाव आएका छैनन् ।’ उनले भने । 

नेपालसामू चिनियाँ पक्षले राख्ने कुरा भनेको नै सुरक्षासम्बन्धी चासो भएको उनको भनाई छ । ‘आतंकवादी गतिविधिको नेपाल भूमि भएको छैन् । नेपाल एक चीन चीनि नीतिप्रति पूर्ण प्रतिबद्ध छ । हामीले लिएको एक चीन नीतिप्रति चिनियाँ सरकारपनि हामीप्रति आभारी छ ।’ 

थकालीले केरुङ–काठमाडौं रेल ल्याउनुपर्नेमा जोड दिए । २१ औं शताव्दीको मुख्य आधार भनेको नै कनेक्टिभिटी भएको उनको तर्क छ । उनले भने,‘यसमा पहिलो प्राथमिकता हुनैपर्छ । हामीले ईन्टर्नल कनेक्टिभिटीलाइ बढि महत्व दिनुपर्छ । ट्रेड एण्ड ट्रान्जिटहरुको नाका खोल्नुपर्छ । केरुङ–काठमाडौं, किमाथांकाको हिल्सा नाका, ताप्लेजुङका नाका, गोरखाको लार्के नाका खोल्नुपर्छ ।’   

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा हाईड्रो र पर्यटनमा नेपालले भरपर्दो प्रस्ताव राख्नुपर्ने पनि उनको सुझाव छ । उनले भ्रमणको विषयमा वादविवाद भन्दापनि आधुनिक चीनका निर्माता सीलाई स्वागत गर्न एकजुट भएर लाग्नुपर्ने बताए । सीको भ्रमण छिमेकीको मात्रै भ्रमणमात्रै नभएर सही ढंगले सघन सम्वादमा निश्कर्षमा पुग्न सकियो भने धेरै फाईदा हुने उनको तर्क छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *