आपसी विवादमा बन्चरो प्रहार गर्दा महिलाको मृत्यु

असोज ३०, मकवानपुर । मकवानपुरमा अन्धाधुन्ध बन्चरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।   

मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा आपसी विवाद हुँदा स्थानिय  सुकबहादुर पाख्रिनले जथाभावी बन्चरो प्रहार गर्दा तीन जना घाइते भएका थिए । 

घाइते मध्ये गम्भिर घाइते भएकी सन्तमाया लोकोको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिएका छन् ।   

Image result for बन्चरो प्रहार गर्दा महिलाको मृत्यु

एसपी सिंहका अनुसार घाइते हुनेमा एकजना मृतकको श्रीमान् कुलबहादुर रहेका छन् भने अर्का घाइते स्थानिय दिवीमाया मोक्तान रहेका छन् ।  उनीहरुको उपचार सोही अस्पतालमा भईरहेको छ ।   

 यसरी जथाभावी बन्चरो प्रहार गर्ने पाख्रिनलाई प्रहरीले बन्चरोसहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *