‘भीआईपी ६ जुवाडेलाई थुनामुक्त नगर्नु’ सर्वाेच्च अदालत

कात्तिक १३, काठमाडौं । भीआइपी ६ जना जुवाडेलाई थुनामुक्त नगर्न सर्वोच्चले आदेश दिएको छ । 

दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित प्रहरी नियन्त्रणमा परेका २५ जना मध्ये ६ जना भीआईपी जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको हो । बुधबार उनीहरुलाई सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नछाड्न (थुनामुक्त नगर्न) आदेश दिएको हो । 

गत शनिबार राति काठमाडौं महानगरपालिका–३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार नियन्त्रणमा परेका ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । 

रिट दायर गर्नेहरुमा पवित्रकुमार कार्की, विक्रम गौतम, बलराम सापकोटा उर्फ बले, पवनकुमार गुप्ता, श्रवणकुमार गोयल, र मुक्ति लामा रहेका छन् । प्रहरी नियन्त्रणमा परेकाहरुमाथि विहीबार अदालत खुलेसँगै अनुसन्धानका लागि म्याद थप गरिने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *