सिटिजन्स बैंक इन्टरनेसनलको इन्टरनेट बैकिङ्ग सेवा विस्तार

असोज १४, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्सप्रेस बैकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ हाल कायम रहेको इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ ।   

यस अगावै एक्सप्रेस बैकिङ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो ।   

यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई बैंकको कुनै पनि शाखा कार्यालयहरुमा सम्पर्क गरी नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्ने बताएको छ । यो सेवा अत्यन्त सहज रहेकोले ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन् । अत्याधुनिक इन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *