धरानको हाट बजारमा लत्ताकपडा छान्नेहरुको भिडभाड

असोज २३, धरान । देशका जुनसुकै चाडपर्व होस वा नहोस धरानको छाताचौकमा भने हप्ताको दुई दिन निकै भिडभाड लाग्ने गर्छ ।  त्यसमा पनि अहिले त दशैंको रौनक नै छ । दशैंलाई खाने, लाउनेको चाड पनि भनिन्छ । यहि मेसोमा दशैंमा लत्ताकपडा नफेर्ने कमै होलान् । राम्रा–राम्रा लत्ताकपडा किनेर पनि रमाउनेको कमि हुँदैन ।   

बजारमा अहिले फेसनेबल कपडाकै दबदबा रहेकै बेला सर्वसाधारण भने सस्तो र राम्रो कपडा रोज्न हप्ताको २ पटक लाग्ने सामान्य सोमबारे बजारमा कपडा र जुत्ता चप्पल किन्नेहरुको भिड छ ।  धरान १२ छाताचौक रिजाल टासीको खाली जग्गामा सोमबार र शुक्रबार लाग्दै आएको सो बजारमा कपडा किन्नेहरुको भिड थामि नसक्नुहुन्छ ।   

सस्तो र सर्वसुलभ दाममा पाईने त्यहाँको कपडा किन्न धरानबासीहरु हाटमा जाने क्रम बढिरहेको छ । एक नम्बर प्रदेशको राजधानी बिराटनगरको सिमावर्ती क्षेत्र जोगवनीबाट धरानमा फेसनेवल कपडा भित्रिने हुँनाले धरानमा थानका कपडाहरु भन्दा फेशनेवल रेडिमेड कपडा किन्नेहरुको लर्को धेरै छ । खासगरी युवायुवतीहरु रेडिमेड कपडा प्रति आकर्षित भएको विक्रेताको समेत भनाई छ ।   

सोमबारे बजारमा कपडा छान्दै भेटिएका धरानका विशाल श्रेष्ठले आफूलाई सुहाउने र फेसनेवल कपडाको खोजीमा रहेको बताए । ‘मलाई रेडिमेड कपडाहरु नै मनपर्छ, लगाउन पनि सजिलो, स्टायलिस्ट पनि ।’ उनले भने–‘कपडा पनि राम्रो दाम पनि कम ।’ पहिला नयाँ खालका कपडा के आए होलान् भनेर खोजी गर्ने विशाल आजकल सस्ता र फेशनेवल कपडा बढि रुचाउँछन् । ‘आँखा लाग्ने कपडा देखेपछि पहिरिएर हिँडछु ।’ उनले भने । 

धरानमा प्रत्येक हप्ता नयाँनयाँ डिजाइनका कपडा भित्रने गर्दछन् । भारतीय बजार देखि थाइलेण्ड, बैंकक र चाइनीज कपडाले धरानबजार भरिभराउ छन् । पछिल्लो पुस्ताहरुमा लुगाकपडा किन्न दशैं नै पर्खनु पर्दैन । गोजीका दुई चार हजार बोकेर हिँड्ने अहिलेको पुस्ता फास्टफुडमा जसरी रमाउँछ नयाँनयाँ फेसनेवल कपडा दिनै पिच्छे चेञ्ज गरीगरी लगाउन रुचाउँछ ।   

ब्यापारीहरुले धरानका सर्वसाधारण देखि हुनेखाने वर्गले लाई सुहाउने कपडा ल्याउने गर्दछन् । धरानमा सामान्य तया ५ सयदेखि २५ हजार सम्मका कपडाहरु पाइन्छन् । ‘ब्राण्डेड समान मात्र राखेर पनि नहुँदो रहेछ, ननब्राण्डेड मात्रै राख्दा पनि नहुने । मुख्य कुरा ग्राहक आएपछि उसले चाहेको दाममा सामान पाउनुपर्छ ।’ स्थानीय ब्यापारीको भनाई छ ।  धरानको सोमबारे र शुक्रबारे हाटमा जेन्स आइटम सुज, पेन्ट, टिसर्ट, भेष्ट, ब्याग, जुत्ता मात्र पाइदैन, लेडिज र बालबालिकाका लागि आवश्यक सबै प्रकारका कपडाहरु पाइन्छ ।   

अहिलेका युवापुस्ता ग्ल्यामरस र आकर्षक लुक्स देखिन गर्मी मौसम पर्खेर बस्दैनन् ।  दशैंको पारिवारिक माहौलमा जम्न र साथीभाईसँग पार्टीमा जाँदा अरुभन्दा फरक देखिनकै लागि नयाँनयाँ कपडा किन्ने गर्दछन् । जसका लागि उनीहरुले हाट बजारमा पाइने स्टायलिष्ट कपडालाई रुचाउने गरेका छन् ।   

त्यसो त, धरानेहरु फेसनको मामलामा अन्य शहर भन्दा फरक र अगाडी छन् । धरानमै खुलेका वुटिकमा तयार पारिएका महंगा पोशाकले पनि धराने फेशन प्रेमीलाई आकर्षित गर्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *