पारसलाई भेटेपछी खुशी भईन् मुस्कान

असोज २९, काठमाडौँ । एसिड आक्रमणमा परेर उपचाररत रहेकी  मुस्कान खातुनलाई नेपाली क्रिकेटर पारस खड्काले  कीर्तिपुर अस्पतालमा पुगेर भेटेका छन् ।   

पारसलाई भेटेपछी मुस्कानको मुहारमा खुशी थपिएको तस्विरमा प्रष्ट देख्न सकिन्छ । पारसले आफूले मुस्कानलाई भेटेको सामाजिक संजाल ट्विटर मार्फत एक पोष्ट गर्दै जानकारी गराएका हुन् ।  

  

उनले पोष्ट गरेका ट्विटरमा मुस्कानको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गर्न चाहेको जस्ता कुराहरु उल्लेख गरेका छन्। उनले मुस्कान सँगको भेटमा खिचेका एक फोटो शेयर गर्दै यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही हुनुपर्ने माग राखेका छन् ।   

पारससँगै मुस्कानलाई भेट्न खेलाडी सोमपाल कामीसहितको टिम अस्पताल पुगेको हो । 

यस अघी मुस्कानलाइ मिस नेपाल श्रृंखला खतिवडा, राजु लामाले अस्पतालमा भेटेर उनको हौसला बढाएका थिए भने  बलिउडका हस्ती अमिताभ बच्चन, शाहरुख खान वरुण धवन, कृति सेनले पनि भिडियो सन्देश पठाइ मार्फत उनको हौसला बढाएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *