नदी तटबन्धनका लागि ६ अर्व: मन्त्री पुन

कार्तिक ६ चितवन ।   उर्जा मन्त्री वर्षमान पुनले  नारायणी र राप्ती नदी तटबन्धनका लागि ६ अर्व बराबरको बजेत बिनियोजन गरिएको बताएका छन् ।  

भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धसम्बन्धी बुधवार आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करीब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट बिनियोजन गरिएको बताएका हुन् ।  

 नारायणी नदी तटबन्धलाई प्रामिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई सो अवसरमा मन्त्री पुनले निर्देशन समेत दिए । अबको विकास साझेदारी मोडलमा अगाडी बढाउँदा आशातित उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो । उर्जा मन्त्री  पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट लाइटको अवधारणालाई अगाडि बढाइएको बताएका छन् ।  

मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागिएको समेत बताए  ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *