कांग्रेसको प्रश्न–‘महराले राजीनामा दिएको कि कार्यवाहक दिएको ?

असाेज १४, काठमाडाैँ ।  नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाको भाषामाथि प्रश्न उठाएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज पत्रकार सम्मेलन गरी महराको राजिनामा पत्रको भाषा प्रष्ट नभएको भन्दै पुनः राजीनामा दिनुपर्ने बताएको छ ।   

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख महराले आजै राजीनामा दिएका थिए। उपसभामुख समक्ष पेश गरिएको राजीनामा पत्रको भाषा प्रष्ट नभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।   

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता उनले महराले प्रष्ट रूपमा राजीनामा दिनुपर्ने बताए। ‘सभामुखले राजीनामा दिएको कि विदेश जाने बेलामा दिएको जस्तो कार्यभार सुम्पेको ? राजीनामाको भाषा हेर्दा कार्यभार दिएको जस्तो देखिन्छ।’ शर्माले भने ।   

उनले नेकपा नेतृत्व गम्भीर हुनुपर्ने भन्दै प्रष्ट रूपमा राजीनामा आउनु पर्ने माग गर्दै कानुनबमोजिम महरामाथि छानबिन गर्न समेत माग गरेका छन् । 

शर्माले भने ‘कानुनको नजरमा सबै समान छन्। यो घटना कानुनबमोजिम अघि बढ्नु पर्छ, संसद सभामुखविहीन हुन सक्दैन। राजीनामा भाषा हेर्दा मार्गमा उभिएर महराले मार्ग प्रशस्त गरेजस्तो मात्रै देखिन्छ।’ 

उनले महराका विषयमा छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले मात्रै चलाउने ? भन्ने प्रश्न गरे । शर्माले महरामाथि लागेको यौन दुर्व्यहारको आरोपबारे सामान्य नागरिक सरह छानबिन गर्नुपर्ने समेत बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *