शंकर बिसीको दशैं नेपालगञ्जमा, खर्च २ लाख

असोज २०, काठमाडौं । महान् चाड बडा दशैं अर्थात् विजयादशमीले सर्वसाधारणदेखि कलाकार सम्मलाई छपक्कै छोपिसकेको छ । सबैको घरमा मिठा मिठा परिकारहरु पाक्न थालिसके । घर रंगिसके, कमेरो र रङ्गले । लिंगेपिङ हालेका ठाउँतिर भीड लागिसकेका छन् ।   

सर्वसाधारण त यतिबेला परिवारसँगै दशैंका हेरक दिन सेलिब्रेट गरिरहेका छन् । तर कलाकारहरुको अहिले नै फुर्सद कहाँ ? कोही सुटिङमै व्यस्त छन् त कोही टिका थाप्नका लागि घर जाने सुरसारमा छन् । लोकदोहोरी नृत्य निर्देशन तथा मोडलिङमा व्यस्त रहेका नृत्य निर्देशक तथा मोडल शंकर बिसी पनि दशैंमा घर जाने तरखरमा छन् । उनलाई दशैंले कतिको छुँदैछ त ? कस्तो हुँदैछ उनको दशैं ? त्यसैमा केन्द्रित रहेर हामीले शंकर बिसीका दर्शक तथा शुभचिन्तकलाई उनको दशैंबारे जानकारी दिने कोशिस गरेका छौँः  

दशैं 

Image result for शंकर विसी

दशैं हामी नेपालीहरुको महान् चाड हो । वर्षौँदेखि बोलचाल बन्द भएका आफन्तरुसँगको सम्बन्ध पनि सुध्रिन सक्छ यतिबेला । किनकी आफूभन्दा ठूला मान्यजनको हातबाट टिका लगाउनुपर्छ । मनमुटाव भएपनि दशैंमा टिका थाप्न सबैजना आउँछन् । टिका लगाउन आउँदा सम्बन्ध सुध्रिन सक्छ ।   

दशैंलाई आफ्नो क्षमता अनुसार मनाउनुपर्छ । ऋण खोजेर मनाउनु हुँदैन ।   

व्यस्तता, सपिङ 

दुई दिन अघिसम्म म सुटिङमा व्यस्त थिएँ । सपिङ त म सधैँ विदेशतिर जाँदा गर्छु । म ६–६ महिनामा अमेरिका जाने हुनाले सबै सपिङ त्यहीँ गर्छु । परिवारको लागि चाहीँ यतै सपिङ गर्दैछु ।     

दशैंको योजना 

मैंले ३ वटा दशैं अमेरिकामा नै मनाएको थिएँ । यो वर्षको दशैं परिवारसँगै बसेर रमाइलो गरी मनाउने योजना छ । काठमाडौंको घरमा कोही पनि छैन अहिले । २० गते (आज) घर (नेपालगञ्ज) जाँदैछु । घुम्ने योजना केही छैन ।   

बाल्यकाल र अहिलेको दशैं 

बालापनमा दशैंको छुट्टै उमंग हुन्थ्यो । चिन्ता भनको मात्र दक्षिणाको हुन्थ्यो । कसको घरमा कति दक्षिणा पाइन्छ, भन्नेमा ध्यान केन्द्रित हुन्थ्यो । आफ्नो घरमा बुवा आमाले भन्दा पनि मामाघरतिर मामाहरुले दक्षिणा धेरै दिने हुनाले कतिबेला मामाघर जाउँ जस्तो हुन्थ्यो ।   

अहिले चाहीँ अब फ्यामिली मेम्बरहरु आउनु हुन्छ । बहिनी ज्वाईँ, भान्जा भान्जीहरु आउँछन् । उनीहरुलाई दक्षिणा दिनुपर्यो । पहिले दक्षिणा लिन पाइन्थ्यो भने अहिले दिनुपर्ने हुन्छ ।   

शाहाकारी कि मांशाहारी ? 

म मांशाहारी नै हुँ । मलाई काटमार चाहीँ मन मर्दैन । घरमा पालेर, बढाएर, हुर्काएर त्यसैलाई काटेर खाँदा नमज्जा लाग्छ । मनै हुँदैन । किनेर चाहीँ खान्छु ।   

खर्च 

खर्च डेढ दुई लाख जति लाग्छ होला । आफन्त धेरै हुनुहुन्छ । पाहुना बोलाउनु पर्यो । खाना खुवाउनु पर्यो । दक्षिणा दिनुपर्यो । भान्जा भान्जी आउँछन् । उनीहरुलाई पनि दक्षिणा दिनुपर्यो । बुवा आमा परिवारलाई कपडा पनि किनिदिनुपर्यो । त्यति खर्च त लाग्छ । 

दशैंको परिकार   

दशैंमा घरमा सेलहरु पाक्छ । विशेषगरी खसीको मासुको परिकार हुन्छ । अचारहरु बनाइन्छ । सुकुटी हुन्छ । लोकल भाले राखिएको हुन्छ घरमा ।   

यादगार दशैं 

खासै त्यस्तो त केही छैन । एउटा दशैं चाहीँ साह्रै खल्लो भएको थियो । दशैं आउनुभन्दा केही महिना अगाडी मात्रै मामा बित्नुभएको थियो । घरमा टिका लगाउन त हुन्थ्यो तर मैँले त्यो दशैंमा टिका लगाइनँ, उहाँको सम्झनामा ।   

शुभचिन्तकमा सन्देश 

आम नेपाली, दर्शक, शुभचिन्तक सबैलाई विजया दशमीको शुभकामना दिन चाहन्छु । गीत संगीतलाई माया गरिदिनु होला । हामीलाई साथ र सपोर्ट गरिदिनुहोला । हजुरहरुको प्रतिक्रियाले हामीलाई राम्रो मार्गमा हिँड्न प्रेरित गर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *