आज विजयादशमीको चौथो दिनः मान्यजनबाट टिका र आर्शिवाद ग्रहण गर्नेक्रम जारी (फाेटाे फिचर सहित)

असोज २४, काठमाडौं । आज विजयादशमीको चौथो दिन आफन्त तथा मान्यजनबाट टिका र आर्शिवाद ग्रहण गर्ने क्रम अझै जारी छ । देशभरका हिन्दुधर्मावलम्बीहरु आफन्त तथा ठूलाबडाबाट टिका जमरा ग्रहण गरी आर्शिवाद लिन ब्यस्त छन् । 

टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गरिन्छ ।  

आफन्त तथा मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । नेपालको पश्चिमी भेगमा भने विजयादशमीका दिनमात्र टीका लगाउने चलन छ ।   

Image may contain: 3 people, people sitting

यससँगै राजधानीबाट दशैं मनाउन घर गएकाहरु फर्कने क्रम पनि शुरु भएको छ । राजधानीका प्रमुख नाका थानकोट, साँगाबाट राजधानी छिर्नेहरुको सवारीको लर्को बढेको छ ।  यो वर्ष दशैं मनाउन राजधानीबाट करिब २५ लाख मानिस बाहिरिएका थिए । भोलीबाट दशैंलाई औपचारिक विदा गरी सर्वसाधारण दैनिक जिवनमा फर्कनेछन् ।  

तस्विरहरूः सामाजिक सञ्जालबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *