दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत युट्यूबबाट हटाईयो

कार्तिक ५, काठमाडौँ । तिहार गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ कारण पक्राउ परेका गायक दुर्गेश थापाको उक्त गित युट्यूबबाट हटाईएको छ ।  गीतमा भएको शब्दका कारण पक्राउ परेका दुर्गेशलाई युट्यूबबाट उक्त गीत हटाएसँगै प्रहरीले छाडेका छन् ।   

तिहारको मौका छोपेर सार्वजनिक गरिएको उक्त गीतमा सामाजिक बिकृती पैदा गर्ने खालका शब्द भएपछी  उनी बिरुद्ध  सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार उजुरी परेको थियो । 

 प्रहरीमा उजुरी परेपछी  मंगलबार उनलाई  महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको थियो । थापाको च्यानलबाट उक्त गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् । 

Image result for ‘ह्याप्पी तिहार, चिसो बियर’

यूट्यूवबाट हटाईएको उनको सो गितमा समाजमा बिकृती फैलाउने खालको  ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्दहरु समावेश गरिएको थियो ।   

प्रहरीले उक्त गीत यूट्यूवबाट हटाउने सहमती भएपछी उनलाई छाडेका हुन् । उनले प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको बताउँदै उनले भने ‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *