प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

कात्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली आज बुधबार बिहान धापासी स्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन् । 

ग्राण्डी अस्पतालका महाप्रवन्धक विकासमान श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेकोे बताएका छन् । ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत प्रतिवेदन आइसकेपछि मात्रै सार्वजनिक जानकारी दिइने छ ।   

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनी रेगुलर चेकजाँचका लागि अस्पताल भर्ना भएका हुन् । ‘स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन । सामान्य चेकजाँचका लागि जानुभएको हो, स्वास्थ्य जाँचपछि फर्किनुहुन्छ ।’ अर्यालले भने । 

११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोप गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाइरहेका छन् । भने, केहि महिनाअघि सिंगापुर गएर स्वास्थ्योपचार समेत गराएका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *