प्रधानमन्त्री र उपमहासचिव कनेमबीच भेटवार्ता

  

  

कार्तिक ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गरेका छन् । उपमहासचिव डा कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत हुन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा कनेमले शिष्टाचार भेटवार्ता गरेका हुन् । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुगेका थिए । 

सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । उनको साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि छन् । सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वी पनि सहभागी थिए । 

यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी)को २५औँ वार्षिकोत्सव मनाइँदैछ । सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासित आइतबार युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेमले आज भेटवार्ता गरेका हुन् । 

नेपालले सन् १९७१ देखि युएनएफपीएसँगको आर्थिक एवम् प्राविधिक सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य, परिवार व्यवस्थापन, लैङ्गिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *