ओशो तपोवनको बसमा आगजनी
२०७६ असोज २८ गते

असोज २८, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १२ गोलढुंगास्थित ओशो तपोवनका बसमा अज्ञात समूहले आगजनी गरेको छ ।
सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा२क २१४७ नम्बरको बसमा अज्ञात समूहले जलाइदिएकाे ओशो तपोवनका सुदिप पौडेलले जानकारी दिए ।
आगजनीबाट तपोवनमा चलिरहेको ध्यान शिविरमा समेत नकारात्मक प्रभाव परेको बताइएको छ ।
पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल चलिरहेको ध्यान शिविरमा विश्वभरीका १३ भन्दा बढी राष्ट्रहरुबाट ध्यान कार्यव्रmममा सहभागी २५० भन्दा बढी साधकहरुमा यो घटनाले ठूलो मनोवैज्ञानिक त्रास सृजना गरेको छ ।
२०७६ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








