राप्ती बचत सहकारीको उद्घाटन, उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मन्त्रीको सुझाव

असोज १६, चितवन ।  चितवनको राप्ती नगरपालिका ५ भण्डारामा राप्ती बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन गरिएको छ । 

प्रदेश नम्वर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा 

उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने गरि स्थापना गरिएको सो सहकारीको हाल २२४ जना शेयर सदस्य रहेका छन् । वैंकबाट जेष्ठ नागरीक निक्षेप,खुर्तुके बचत, कृषि कर्जा, रेमिट्यान्स लगायतको सुविधा रहेको सचिव थपलियाले बनाए । हाल १ सय ८९ जनाले दैनिक बचत गरिरहेका छन् । १ करोड चुत्तापुँजी रहेको सहकारीका प्रवन्धक जीत वहादुर महतोले बताए । 

सहकारी कार्यालयको उद्घाटन गर्दै प्रदेशका सहकारी मन्त्री लामाले उत्पादन र व्यवसायीमुखी क्षेत्रमा लगानी गर्न आग्रह गरे । पैसा बचत गर्ने, ऋण मात्रै दिएर प्रगति हुदैन् मन्त्री लामाले भने – उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई मुनाफा दिन सक्नु पर्छ । ऋणकै कारण धेरैको घरवास उठिवास भएको भन्दै मन्त्री लामाले शेयर सदस्यको हितमा सहकारी हुनु पर्ने औल्याए । 

 राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष परशुराम पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल,जिल्ला सहकारी संघका उपाध्यक्ष हरि पौडेल लगायतले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *